हेटौंडा/ सुनसरी–१ प्रतिनिधिसभा सदस्यमा हर्क सम्पाङ निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका सम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङ (सरिन) (राष्ट्रिय स्वतन्त्र पार्टी) ले २७ हजार २४९ मत प्राप्त गरिन्। सम्पाङ र तामाङबीच ८ हजार ४९२ मतको अन्तर रहेको निर्वाचन परिणामले देखाएको छ।
यस क्षेत्रमा अन्य प्रमुख दलका उम्मेदवारहरू भने उल्लेख्य मत अन्तरले पछि परेका छन्। टिका मांगलेन (नेकपा एमाले) ले ६ हजार ३३१ मत प्राप्त गरेका छन् भने सूर्य भट्टराई (नेपाली कम्युनिस्ट पार्टी) ले ६ हजार २५८ मत प्राप्त गरेका छन्।
सम्पाङको यो जितलाई सुनसरी–१ मा वैकल्पिक राजनीतिक धारको प्रभाव बढेको संकेतका रूपमा पनि विश्लेषण गर्न थालिएको छ। स्थानीय स्तरमा सक्रियता र जनसम्पर्कलाई प्राथमिकता दिएका सम्पाङले निर्वाचनमा उल्लेख्य समर्थन प्राप्त गरेका हुन्।


















