हेटौंडामा इस्लाम धर्मावलम्बीहरूले पनि इद मनाइयो

Image

हेटौंडा । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद-उल-फितर (इद)  देशभर हर्षोल्लासका साथ मनाइएको छ । मुस्लिम समुदायक पवित्र रमजान महिनाभरि रोजा (उपवास) बसेपछि आज शनिबार देशभरी इद मनाइएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा-४,स्थित जामे मस्जिदमा तथा अन्य जिल्लाको मस्जिदमा पनि  बिहीबार बिहान विशेष नमाज अदा गरिएको देखिएको छ । हेटौंडास्थित मस्जिदमा बिहान साढे सात बजे नमाज पढेर सकाएपछि एक अर्कासँग अङ्गालो हालेर काँध जोडेर इद मुबारक भन्दै शुभकामना आदानप्रदान गरेर खुसी साटासाट पनि गरेको जामे मस्जिद समितिले जानकारी दिएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडासहित सघीय राजधानी काठमाडौंसहित तराईका जिल्लाहरू—बारा, पर्सा, रौतहट, बाँके, कपिलवस्तु लगायत स्थानमा ठूलो संख्यामा मुस्लिम समुदायका मानिसहरू भेला भएर सामूहिक रूपमा नमाज पढेर खुसी साटासाट गरेका छन्  । नमाजपछि एकअर्कालाई अँगालो हाल्दै “इद मुबारक” भन्दै शुभकामना आदानप्रदान गर्ने परम्परा रहदै आएको छ । इदको अवसरमा करिब ५ सय जना भन्दा बढीको संख्याम मस्जिदमा मानिहरु भेला भएका थिए ।

इदको अवसरमा घरघरमा विशेष परिकारहरू तयार गरिन्छ। सेवइँ, खीर, मिष्ठान्न तथा विभिन्न प्रकारका मासुका परिकार बनाएर परिवार, छिमेकी तथा आफन्तहरूसँग बाँडेर मस्जिद समितिका अध्यक्ष खुवाएका छन्  । यसले आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ । रमजान महिनाभरि गरिब, असहाय तथा विपन्न वर्गलाई सहयोग गर्ने चलन पनि रहेको छ । जसलाई जकात तथा सदकाको रूपमा चिनिन्छ ।

धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिकोणले इदको विशेष महत्व रहेको छ। यो पर्वले केवल धार्मिक आस्था मात्र नभइ सम्पूर्ण समाजलाई जोड्ने पुलको रूपमा काम गर्ने विश्वास गरिन्छ।