मकवानपुरमा १७० पिस ला,गूऔषधसहित एक जना प,क्रा,उ

Image

हेटौंडा/ मकवानपुर प्रहरीले १७० पिस लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

मिति २०८३ साउन ८ गते हेटौंडा उपमहानगरपालिका–७ स्थित शिक्षा निर्देशनालयको भित्री सडकखण्डमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका–१५, फारलाइन निवासी अन्दाजी ३४ वर्षीय धिरज अर्याललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार फारलाइनबाट हेटौंडा बजारतर्फ पैदल आउँदै गरेका अर्यालको शरीर तथा उनले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा खानतलासी गर्दा TRAMOL-50 लेखिएको १५ पत्तामा रहेका १५० पिस तथा ANTIKOF लेखिएको २ पत्तामा रहेका २० पिस गरी जम्मा १७० पिस लागूऔषध बरामद भएको थियो।

बरामद लागूऔषधसहित अर्याललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।