शिक्षा–स्वास्थ्य कर फिर्ता र सुकुम्बासी व्यवस्थापनको माग गर्दै कांग्रेस मकवानपुरद्वारा ज्ञापनपत्र

Image

हेटौँडा / नेपाली कांग्रेस मकवानपुरले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको अतिरिक्त कर तत्काल फिर्ता लिन, विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन तथा सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ।

जिल्ला सभापति बुद्ध लामाको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा शिक्षा, स्वास्थ्य र विद्युतमा लगाइएका करले आम नागरिकमाथि आर्थिक भार थपिएको उल्लेख गर्दै ती निर्णय तत्काल सच्याउन आग्रह गरिएको छ। साथै, वैकल्पिक व्यवस्थाबिनै सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य रोक्न र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

ज्ञापनपत्रमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रत पनि आपत्ति जनाउँदै त्यसबारे संसद् र जनतासमक्ष स्पष्ट पार्न वा अभिव्यक्ति फिर्ता लिएर माफी माग्न समेत आग्रह गरिएको छ। चेतावनीस्वरूप मागहरू बेवास्ता भए शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाइने कांग्रेस मकवानपुरले जनाएको छ।