कान्तिलोकपथमा बसको ढोकाले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

Image

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२ दुविचौरस्थित कान्तिलोकपथ सडकखण्डमा बसको साइड डिक्कीको ढोकाले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुरगढी–२ निवासी ४१ वर्षीय वीरबहादुर स्याङ्तान रहेका छन्।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु.प्र.०१–००१ ख ०६६४ नम्बरको बसको डिक्कीको ढोकाले आइतबार उनलाई ठक्कर दिएको थियो। घाइते स्याङ्तानलाई उपचारका लागि हेटौंडा अस्पताल हुँदै मकवानपुर सहकारी अस्पताल लगिएकोमा चिकित्सकले साँझ ७:५० बजे मृत घोषणा गरेका थिए।

बस र चालक विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।