जेसीआई हेटौँडाद्वारा ९० विद्यार्थीलाई साइबर सुरक्षा तालिम

Image

हेटौँडा । बढ्दो डिजिटल प्रविधिको प्रयोगसँगै किशोरकिशोरीमा हुन सक्ने अनलाइन जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जेसीआई हेटौँडाले ९० जना विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।

जेसीज सप्ताह २०२६ अन्तर्गत बिहीबार आयोजित तेस्रो कार्यक्रमअन्तर्गत हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोगबारे सचेत गराइएको हो ।

जेसीआई हेटौँडा वर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा हेटौँडा–११ की वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका श्याम श्रेष्ठ, आईटी इन्जिनियर एवं क्यान महासंघ मकवानपुरका अध्यक्ष श्रीराज खतिवडा र क्यान महासंघ मकवानपुरका पूर्वअध्यक्ष शिवकुमार श्रेष्ठले साइबर सुरक्षा, अनलाइन जोखिम तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रम संयोजक विवेक फुयाल रहेका थिए । जेसीज सप्ताहका मूल संयोजक सञ्जयकुमार न्यौपाने र सह–मूल संयोजक विनोद वाग्ले रहेका छन् ।