हेटौंडा ।
मकवानपुरको कैैलाशका बाल यौन दुर्व्यवहारका आरोपित वडाध्यक्ष धरौटीमा रिहा हुँदा ठुलै युद्ध जितेर आएको सिपाहीलाईझै स्थानीयले खुसी हुँदै टिका र फूलमाला लगाएका छन् । साना बालिकाहरुलाई एकान्तमा पारेर यौन दुर्व्यवहार गर्ने वडा अध्यक्षलाई सबै गाउँले मिलेर सचेत गर्नु कहाँ-कहाँ त्यसको सट्टामा फुल माला साथै मुद्धाको फैसला हुनु भन्दा अगाडि धरौटी रकम राखेर जेलबाट निस्कदा समेत स्थानीयहरु औधी खुसी भएको देख्दा हाम्रो समाज कता जाँदैछ भनेर एक जना स्थानीयले दुख व्यक्त गरेका छन् ।
राष्ट्रपति रनिङशिल्ड खेल्न हेटौँडा आएको बेला एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा हिजो रिहा भएका हुन् ।
जिल्ला अदालत मकवानपुरबाट मंगलबार मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का आरोपित वडाध्यक्ष भुवन सिंह घलान धरौटीमा रिहा भएका हुन् । बालिकालाई एकान्तमा पारेर यौन दुव्र्यवहार गरेका वडा अध्यक्ष जेलबाट निस्कदा आफुले ठुलै पौरख गरेर आएजस्तो फुलमाला लगाउनेहरुको ओइरो लाग्दा निकै खुशी भएका थिए ।
वडा अध्यक्ष जेलबाट आज धरौटिमा छुट्दैछन् भन्ने सुनेर अघिल्लो दिननै जानकारी पाएका स्थानीयहरु कैलाशबाट हिजो हेटौंडा आइसकेका थिए । स्थानीय नागरिकले बजारमा खादा र टिका खरिद गरेर वडा अध्यक्ष प्रहरी थुनुवा कक्षबाट बाहिर निस्कने बित्तिकै अबिर र खादा लगाउँदा बालयौन दुव्र्यवहार गरेको उनलाई कुनै पछुतो लागेको थिएन । बरु यस्ता यस्ता अविरजात्रा र खादाले उनलाई यस्ता कामका लागि प्रोत्साहित हुन सक्छ भन्नेकुरा स्थानीयले नबुझेर खादा र फुलमाला लगाएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले अदालती प्रक्रियाबाट २४ हजार धरौटीमा घलान रिहा भएको जानकारी दिएका हुन् । घलानमाथि बाल यौन दुर्व्यवहारको मुद्दा चलाइएको थियो ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन हेटौँडा आएकी कैलाश–९ स्थित कालिका माविमा अध्ययनरत् बालिकालाई असार १९ गते वडाध्यक्ष घलानले यौन दुर्व्यवहार गरेको आरोप छ । बालिका सुतेको कोठामा मध्यरात पुगेर उनले संवेदनशील अंगमा हात लगेर आफूमाथि दुव्यर्वहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
(जन पत्र बाट )