Khabar Board
Flash logo up side
flash header

बैतडीको सुर्नया गाउँपालिकाले बालमैत्री रणनीति बनाउँदै

Nirbachan m

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन रणनीति बनाउन थालेको छ। सुर्नया बाल संजाल द्वारा आयोगित दुई दिने बालबालिका संग जनप्रतिनिधि तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन रणनीति अन्तरक्रिया कार्यक्रममा बाेल्दै गाउँपालिकाकि उपाध्यक्ष मञ्जु महरा बोहराले अबको ५ बर्ष भित्रमा गाउँपालिका लाई ५१ वटा सूचक पूरा गरी बालमैत्री गाउँपालिका बनाउने लक्ष्य राखेको बताएकी छन ।

अन्तरक्रिया कार्यक्रममा बाल अधिकारकालागि राष्ट्रिय अभियानका संयोजक प्रविन सिलवाल र उक्त अभियानका प्रवक्ता तथा अधिवक्ता धीरज जोशीले गाउँपालिका भरीका ८० जना बालबालिका, जनप्रतिनिधि तथा शिक्षकहरु लाई प्रशिक्षण दिएकाे थियाे ।         

उक्त कार्यक्रममा बाेल्दै बालमैत्री रणनीति र कार्यनीति निर्माण गर्न र गाउँपालिका लाई सभ्य बनाउन सबै भन्दा पहिला बालबालिकामा लगानी गर्नु आवश्यक रहेको पालीकाका अध्यक्ष अम्मर बहादुर कुँवरले बताए । अब तत्कालै बालमैत्री स्थानीय शासन सञ्चालन कार्यविधि बनाई कार्यान्वयनमा ल्याउन आफू लागि पर्ने प्रतिवद्दता समेत कुवँरले व्यक्त गरेका छन।                   

कार्यक्रममा सुर्नया बाल संजालका संस्थापक अध्यक्ष विशाल भट्टले बालबालिका सम्बन्धी थुप्रै कार्यक्रमहरु अगामि दिनमा निरन्तरता दिनुका साथै गाउँपालिका संग बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न उक्त माग प्रस्तुत गर्न यो कार्यक्रमको आयोजना गरिएकाे बताएका छन्।                                         

Center article

संजालले बालबालिका लागि सचेनामुलक कार्यक्रम, बाल विवाह ,बाल श्रम ,बाल हिंशा,बाल दुर्व्यवहार तथा बालबालिका माथि हुने विभिन्न जघन्य अपराधहरु न्यूनीकरण गर्न सडक नाटक तथा अन्य विभिन्न बाल चेतना मुलक बालमैत्री देउडा कार्यक्रमका साथै अन्य कार्यक्रमहरु गरिरहेकाे भट्टले बताए । साथै भट्टले विगत ४,५ बर्ष देखि बालअधिकारको लागि जिल्ला तथा प्रदेशका बिभिन्न क्षेत्रहरुमा गएर कार्यक्रमकाे लागि नेतृत्व गर्दै आईरहेका छन ।                                                                 

उक्त कार्यक्रममा बाल सञ्जाल पुनर्गठन समेत गरिएको थियो । अबको केही दिनमै पालिकाका ८ वटै वडा हरुमा एकै दिन ८०० वटा बिरुवा रोप्ने, एकै दिन सरसफाई कार्यक्रम गर्ने लगायत गरीब तथा आमावुबा विहिन बालबालिकाहरुका लागि निःशुल्क शिक्षा आर्जन गर्ने गरि संजालकाे आगामी कार्य गर्ने तयारीमा रहेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.