बैतडी ।
पाटन नगरपालिका वडा नं. ६, स्थित रहेको सल्लेबासा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा नर बहादु् भाट चयन भएका छ्न ।
वि.स. २०५८ सालमा स्थापना भएको सामुदायिक वन उपभोक्ता समुहको आज शनिबारका दिन बसेको आम भेलाबाट ११ सदस्यीय कार्यसमिति गठन गरिएको वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर भाटले बताउन भएको छ ।
आज भएको आम भेलाबाट पुर्व अध्यक्ष गणेश सिंह महराको संयोजकत्वमा तिन सदस्यीय सल्लाहकार समिती, हरूवा महराको संयोजकत्वमा पाँच सदस्यीय भौतिक पुर्वाधार समिती र राम सिह महराको संयोजकत्वमा सात सदस्यीय अनुगमन तथा मुल्यांकन समिती गठन गरिएको नवनिर्वाचित अध्यक्ष नर बहादुर भाटले बताउन भएको छ ।
वन जंगलको संरक्षण सम्बर्द्धन र सदुपयोग गर्दै वन समुहको बिधान बमोजिम काम गर्ने र आफ्नो कार्यकालमा उत्कृष्ट समिति बनाएर देखाउने अध्यक्ष भाटले बताउन भएको छ । यस सामुदायिक वन भित्र १०७ घरपरिवार साधारण सदस्य रहेको जनाएको छ ।