Khabar Board
Flash logo up side
flash header

बैतडी प्रदेश सभा ‘क’ का लागि माओवादि बाट अधिवक्ता अमर सिह धामी ‘आशिष’ को चर्चा

Nirbachan m

बैतडी । आसन्न प्रदेश सभा निर्वाचनमा बैतडी प्रदेश सभा ‘क’ का लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) बाट युवा नेता तथा अधिवक्ता अमर सिह धामि संभावित उमेदवारका रुपमा चर्चामा रहेका रहेका छन । पार्टिमा २०५७ सालदेखि संगठित हुँदै निरन्तर सक्रिय सहभागि रहदै माओवादी निकट अखिल क्रान्तिकारीको पुर्व केन्द्रिय सचिवालय सदस्य एवं हाल नेकपा माओवादी पार्टीको केन्द्रिय कानुन विभाग सदस्यको जिम्मेवारिमा रहेका छन ।

कानुनमा स्नातक गरेका धामि पेशाले बिगत ५ बर्षदेखि अधिवक्ता हुनका साथै कानुनमा स्नाकोत्तर गरिरहेका छन । उनले राजनितिशास्त्रमा भने स्नाकोत्तर गरिसकेका छन ।

धामिले भने “मेरो पहिलो रोजाई लगानिका हिसाबले र आन्दोलनमा सक्रिय सहभागि रहेर परिवर्तनको एउटा हिस्सेदार भएको नाताले नेकपा माओवादी नै पहिलो रोजाई हो । मलाई पार्टीले न्याय गर्ने छ भन्ने कुरामा बिश्वस्त छु । अन्यथा अन्तिम बिकल्पको रुपमा म स्वतन्त्र भएरै पनि एकचोटि जनताको बिचमा जान चाहन्छु । जिवनमा धेरै परिक्षा दिए एकचोटि जनताको बिचमा पनि परिक्षा दिन चाहन्छु ।”

Center article

बैतडीको डिलाशैनी गाउँपालिका ७ खेतागाउ घर रहेका धामि हाल काठमाण्डौंमा आसा लिगल एशोसियटस ल फर्ममका संचालक समेत हुन ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.