Khabar Board

अण्डर २३ राष्ट्रिय भलिबल टोलिमा छनाैट भए बैतडीका सुरेन्द्र भाट

बैतडी । बंगलादेशमा हुने एशियन अण्डर २३ सेन्ट्रल एशियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपसका लागि बैतडी सुर्नया गाउँपालिका ४ घर भएका सुरेन्द्र भाट नेपाली राष्ट्रिय भलिबल टोलिमा छनाैट भएका छन ।

भाटले याे भन्दा अगाडि क्षेत्रिय लागायत थुप्रै क्लब र टिमबाट खेलिसकेका छन । सुदुरपश्चीमबाट उदयमान भलिबल खेलाडिहरुमा अब्बल रुपमा आफुलाई चिनाउन सफल रहेका उनि यसपटक नेपाल भलिबल संघले छानाैट गरेकाे २० सदस्यीय नेपाली राष्ट्रिय भलिबल टोलिमा परेका हुन ।

टोलिको बन्द प्रशिक्षण कार्तिक २७ गतेबाट संचालन हुने संघले जनाएको छ ।

संघले कार्तिक २१ देखि २४ गतेसम्म देशैभरिका २३ वर्षमुनिका खेलाडीहरु डाँकेर काठमाण्डौंमा राष्ट्रिय टोलिको लागि छनौट शुरु गरेको थियो ।

राष्ट्रिय अण्डर २३ भलिबल टोलिको मुख्य प्रशिक्षकको जिम्मेवारी जगदीश भट्टले पाएका छन् ।

अण्डर २३ राष्ट्रिय भलिबल टोलिका खेलाडीले पुष ५ गतेदेखि ११ गतेसम्म बंगलादेशको राजधानी ढाकामा हुने प्रथम बङ्गबन्धु एशियन अण्डर २३ सेन्ट्रल एशियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपसमा सहभागिता जनाउनेछन् ।

छनौट भएका २० जना खेलाडीको सूचीः

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.