दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बर जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।
यस्तै दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा पुर्याइसकिएको छ उनीहरुको पनि परिचय खुल्न बाँकी रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जाेशीले बताए ।
जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।