Khabar Board

दार्चुलामा जिप दुर्घटना अपडेट: दुई भारतीयसहित ८ जनाको मृत्यु, सबैको सनाखत

दार्चुला । दार्चुलामा आज बिहान जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर- ५ लेकगाउँका ३० विरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर-९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखकको दुर्घटनामा परी मृत्यु भएको छ ।

यो पनि : यी हुन् दार्चुला जिप दुर्घटनाका मृतक र घाइते (नामावली)

त्यस्तै, बैतडीको डिलासैनी गाउँपालिका- ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहराको पनि मृत्यु भएको डीएसपी दाहालले बताए।

‘मृतक दुई जना भने भारतीय नागरिक छन्,’ डीएसपी दाहालले भने, ‘यूपी (उत्तर प्रदेश) बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको छ ।’ डीएसपी दाहालका अनुसार विरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो।

आज बिहान करिब ४ बजेतिर शैल्यशिखर नगरपालिका -६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना भएको हो । घाइते चार जनाको उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्‍याइएको र उपचार भइरहेको डीएसपी दाहलले जानकारी दिए ।

जिप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिप दुर्घटनामा परेको हो । जिपमा तिर्थालुहरू सवार थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.