जिल्लास्तरीय कराँतेको उपाधि बकैयाको हात्तीसुँडे डोजोलाई

Image

हेटौंडा ।  मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत मकवानपुर जिल्लास्तरीत कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सितोरियो कराँते संघ मकवानपुरकाे व्यवस्थापनमा हेटौंडा-४,स्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबारबाट सुरु भएर शनिबार जिल्लास्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको हो ।

दुई दिनसम्म सञ्चालन भएर सम्पन्न भएको प्रतियोगिताको उपाधि मकवानपुरको बकैया गाउँपालिकाको हात्तीसुडे डोजोले जितेको छ । प्रशिक्षक भीम घलानको हात्ती सुडे डोजोले १४ स्वर्ण पदक हासिल गर्दै उपाधी हात पार्न सफल भएको हो । ३ वटा स्वर्ण पदक प्राप्त गर्दै सिमात बुद्द डोजो बकैया ११ सिमात डोजो दोस्रो भएको छ भने २ वटा स्वर्ण पदक प्राप्त गर्दै हेटौंडाको मेन डोजो तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीहरूले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।”

सितोरियो कराँते संघ मकवानपुरका अध्यक्ष दीपक लामाको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासखीय अधिकृत भरत गौतमको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको थियो । प्रतियोगिता अन्तर्गत ३० केजी तौल समूहदेखि  ६५ केजी तौल समूह सम्मको खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो भने एकल काताको पनि खेल भएको थियो । ३ सय ६५ जना खेलाडीको सहभागीता रहेको थियो ।

पुरस्कार वितरण समारोहमा खेलकुदका पूर्वध्यक्ष सानू लामा,जिल्ला खेलकुद अध्यक्ष राजकुमार मोक्तान सितोरियो कराँते नगर कमिटीका अध्यक्ष दामोदर दहाल, नगर खेलकुदका सदस्य सुनिल लोप्चन लगायतको उपस्थिति रहेको थियो ।