Khabar Board
Flash logo up side
flash header

बी डिभिजन लिग फुटबलमा चर्चामा रहेकाे चर्च ब्वाइज र विरगंजबीच राेमाञ्चक खेल

Nirbachan m

काठमाडौं

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा बुधबार राेचक खेल भएकाे छ । ञ् क्लब दुबैले गाेल गर्न नसकेकाे अवस्थामा खेलकाे अन्त्यतिर एउटाले गाेल गर्दा अर्काेले पनि गाेल गरेपछि निकै राेचक माहाेल बन्याे ।

प्रतियोगितामा विरगंज युनाईटेड र चर्च ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा विरगंज र चर्च ब्वाइजले १-१ गोलको बराबरी खेलेका छन्।

खेलको ७७ औं मिनेटमा योगेश गुरुङले गोल गर्दै चर्चलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८५ औं मिनेटमा अनिश चौधरीले गोल गर्दै विरगंजलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

Center article

यस बराबरीसँगै विरगंजले ५ खेलमा ६ अंक जोडेको छ । चर्चले ५ खेलमा ११ अंक जोडेको छ । लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

आजै हुने अर्को खेलमा खुमलटार युथ क्लबले झम्सिखेल युथ क्लबको सामना गर्दै छ । शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.