Khabar Board
Flash logo up side
flash header

यस्तो रेकर्ड कायम गर्ने पहिलो जोडी बन्यो रोहितकुमार पौडेल र आरिफ शेख

Nirbachan m

काठमाडौं।

नेपाली ब्याटर रोहितकुमार पौडेल र आरिफ शेखले नयाँ कीर्तिमान बनाएका छन्। नेपालबाट एकदिवसीय क्रिकेटमा शतकीय साझेदारी गर्ने पहिलो जोडी बन्दै पौडेल र आरिफले नयाँ कीर्तिमान बनाएका हुन्।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक वानडे सिरिजमा पपुवा न्युगिनीविरुद्ध रोहित र आरिफले पाँचौं विकेटका लागि १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरे। नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक शतकीय साझेदारी बनेको हो।

यसअघि वानडेमा सर्वाधिक ठूलो साझेदारी गर्ने कीर्तिमान पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखको नाममा थियो। यो जोडीले गत असोजमा ओमानविरुद्ध दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेको थियो। अब यो कीर्तिमान भंग भएको छ।

पीएनजीमाथि नेपालको जित

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ। बुधबार पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले चार बल बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालले जितका लागि ९ बलमा १० रन बनाउने पर्ने अवस्थामा सोमपाल कामी ७ रनमा आउट भएका थिए। जसका कारण नेपालमाथि दबाब थपिएको थियो। तर लगत्तैको बलमा करण केसीले चौका हिर्काएका थिए।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ५ रन चाहिएको थियो भने नेपालको २ विकेट बचेको थियो। अन्तिम ओभरको पहिलो बलमा लेग बाइ चौका हुँदा र दोस्रो बलमा करणले छक्का हिर्काउँदै नेपाललाई जिताए। उनले २५ बलमा नटआउट २९ रन जोडे। उनले २ छक्का र १ चौका हिर्काए।

नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरे। रोहितले ५८ रन जोड्दा रोहितले ५३ रन बटुले। रोहितले ८२ बल खेल्दा ४ चौका हिर्काए। ८१ बलमा २ चौका प्रहार गरेका आरिफको यो पहिलो एकदिवसीय अर्धशतक हो।

Center article

त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल १ रन, आसिफ शेख १६ रन, ज्ञानेन्द्र मल्ल ४ रन र दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट भएका थिए। नेपालले ४ विकेट गुमाउँदा ४२ रन मात्र जोडेको थियो। त्यसपछि रोहित र आरिफले पाँचौ विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए।यो नेपालका एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो साझेदारी हो।

बलिङमा पिएनजीका नोर्मन भानुआ,एलेई नाओ र रिले हेकुराेले २-२ विकेट लिए। त्यसअघि युएई, पपुवा न्युगिनी र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा २०४ रन जोड्यो।

शारजाहमा भएको खेलमा पपुवा न्युगिनीका लागि चर्ल्स अमिनीले सबैभन्दा बढी ५९ रन जोडे। सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले ८२ बलमा ७ चौका हिर्काए।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए। उनले १० ओभरमा ४८ रन दिए। आरिफ शेख, कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक-एक विकेट लिए। नेपालले पपुवा न्युगिनीका दुई ब्याट्सम्यानलाई रनआउट गर्‍यो।

आरिफले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई २७ रनमा आउट गरे। अर्का ओपनर लेगा सिएकालाई सन्दीपले २५ रनमा बोल्ड गरे। पपुवा न्युगिनीका कप्तान असद भालालाई ज्ञानेन्द्र मल्लले १९ रनमा आउट गरे। ज्ञानेन्द्रले कुशल भुर्तेलबाट क्याच गराएका थिए। ज्ञानेन्द्रले एकदिवसीय खेलमा पहिलो विकेट लिएका हुन्। उनले एकदिवसीय खेलमा पहिलो पटक बलिङ गरेका हुन्।

ज्ञानेन्द्रले पपुवा न्युगिनीका हिरी हिरीलाई पनि रनआउटको सिकार बनाएका थिए। शून्यमा रनआउट गराउने क्रममा उनले उत्कृष्ट फिल्लिङ गर्दै विकेटकिपर विनोद भण्डारीबाट रनआउट गराए। १२ बलमा २३ रन जोडेका नोर्मन भानुआलाई पनि दीपेन्द्रसिंह ऐरीले विनोदबाट रनआउट गराएका थिए।

सोमपालले चाड सोपर ३५ रनमा र एलेइ नाओलाई २ रनमा बोल्ड गरे।

अब नेपालले दोस्रो खेलमा घरेलु टोली युएईसँग शुक्रबार खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।

 

 

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.