Khabar Board
Flash logo up side
flash header

थाईल्याण्डलाई पराजित गर्न अल्मुताईरीकाे प्रशिक्षणमा यसरी हुँदैछ तयारी

Nirbachan m

काठमाण्डाैं

एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले चैत दोस्रो साता थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँग खेल्दैछ।

थाइल्याण्डको राष्ट्रिय टिम र एक क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिइरहेको छ। केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरिहेको नेपालले अभ्यासलाई तीव्रता दिइरहँदा टिम सुखद् नतिजाको लक्ष्यमा छ।

चैत १० र चैत १३ गते हुने दुई मैत्रीपूर्ण खेलका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

सोही अनुसार खेलाडीले बन्द प्रशिक्षणमा रहेर अभ्यास गर्दा तीन खेलाडी किरण चेम्जोङ, रोहित चन्द र जगजित श्रेष्ठ भने उपस्थित थिएनन्। वैदेशिक क्लबहरुको अनुबन्धमा रहेकाले उनीहरु उपस्थित छैनन्। तर अन्तर्राष्ट्रिय भ्रमणमा उनीहरु समावेश हुनेछन्।

फिफा वरीयतामा नेपाल १६७ औं स्थानमा छ भने थाइल्यान्ड ११२औं स्थानमा छ। पछिल्लो पटक नेपाल र थाइल्यान्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्यान्डले ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो।

Center article

नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो। छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्।

यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

थाइल्यान्ड भने समूह ‘सी’ मा छ। यो समूहमा थाइल्यान्डसँगै उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका छन्। एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई भने मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक अलमुताइरीले बोलाएका छैनन्।

मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध अप्रिल ५ मा प्रतिस्पर्धा गर्दैछ। ब्लुस्टारविरुद्धको खेलमा मच्छिन्द्रले सुखद नतिजा निकाले मच्छिन्द्रले अप्रिल १२ मा भारतको मोहन बगानविरुद्ध खेल्ने तालिका छ। समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ।

यसैबीच बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय फुटबल खेलाडीले बिहीबार आपसमा दलेर होली मनाए। नेपाली टोलीले आगामी चैत १० गते थाइल्याण्डको राष्ट्रिय टोली र चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। दुवै खेल चोनबुरीको मैदानमा हुँदैछन्। सेताेपाटीले लेखेकाे छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.