Khabar Board
Flash logo up side
flash header

बैतडीमा उपमेयर कप चैत ५ देखि, खेलतालिका सार्वजनिक

Nirbachan m

बैतडी

बैतडीको दशरथचन्द नगरपालिकामा यही चैत ५ गतेदेखि उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

निंग्लाशैनी खेल मैदान देहिमाडौंमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। नगर क्रिकेट समितिका संयोजक रमेश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने नगरपालिकाभित्रका ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

खेल तालिकाअनुसार समूह ए मा वडा नम्बर ६, ९ र ५ रहेका छन्। समूह बी मा वडा नम्बर २, ८, ४ र ११ रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा चैत ५ गते वडा नम्बर ६ र ९ खेल्नेछन्। चैत ६ गते हुने पहिलो खेलमा वडा नम्बर २ र ८ भिड्दा दोस्रो खेलमा वडा नम्बर ४ र ११ आमनेसामने हुनेछन्।

चैत ७ गते पहिलो खेलमा वडा नम्बर २ र ४ खेल्नेछन् भने दोस्रोमा वडा नम्बर ९ र ५ प्रतिस्पर्धा गर्नेछन्। चैत ८ गतेको पहिलो खेलमा वडा नम्बर ८ र ११ तथा दोस्रो खेलमा वडा नम्बर ६ र ५ भिड्नेछन्। चैत ९ गते पहिलो खेलमा वडा नम्बर ४ र ८ तथा दोस्रो वडा नम्बर २ र ११ बीच भिडन्त हुने छ।

Center article

प्रतियोगिता अन्तर्गत चैत १० गते सेमिफाइनल हुने छ। पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उपविजेता भिड्दा दोस्रोमा समूह बी को विजेता र समूह ए को उपविजेताले प्रतिस्पर्धा गर्नेछन्।

चैत ११ गते प्रतियोगिताको फाइनल हुने नगर क्रिकेट समितिले जनाएको छ। उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताइन्। नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हुँदै आएको नगर क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.