Khabar Board
Flash logo up side
flash header

यूएईसँग खेल्नुअघि यस्तो भन्छन् पुबुदु

Nirbachan m

काठमाडौं।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा दोस्रो खेल यूएईसँग खेल्दैछ। नेपाल र यूएईबीचको खेल शुक्रबार बिहान ११ः१५ बजेदेखि मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपाली जारी सिरिजमा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। यूएई पनि सिरिजमा दोस्रो जित नै निकाल्ने दाउमा हुनेछ। पहिलो खेलमा दुवै टिमले पीएनजीलाई नै हराएका थिए। नेपालले बुधबार पीएनजीसँगको म्याच २ विकेटले जितेको थियो। यूएई भने पीएनजीविरुद्ध ७ विकेटले विजयी भएको थियो।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको यूएईलाई हराउन नेपाललाई सहज भने हुने छैन। यूएईले पनि नेपाललाई सहजै हराउन सक्ने अवस्था भने छैन। उसले टी–२० विश्वकप छनोटमा भने नेपाललाई हराएको थियो।

त्यतिबेला नेपाली क्रिकेट टिमका दुई मुख्य अलराउन्डर करण केसी र सोमपाल कामी टिममा थिएनन्। सोमपाल र करण टिममा आउँदा नेपालको बलिङसँगै ब्याटिङ पनि बलियो बनेको छ।

नेपाल र यूएईले हालसम्म ४ एकदिवसीय म्याच खेलेका छन्। जसमा दुवै टिमले दुई/दुई खेल जितेका छन्। वानडेमा नेपाल र यूएईको पहिलो भेट सन् २०१८ अगस्टमा भएको थियो। जसमा यूएई ७८ रनले विजयी भएको थियो। त्यसपछि २०१९ को जनवारीमा भएको दोस्रो खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको थियो।

Center article

२०१९ को जनवारीमै भएको तेस्रो भेटमा नेपालले यूएईलाई १ सय ४५ रनले पराजित गरेको थियो। जनवारीमै भएको यूएईसँगको चौथो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो।

पुबुदुको प्रतिक्रिया

यूएईसँग खेल्नुअघि नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले प्रतिक्रिया दिएका छन्। उनले नेपाललाई भन्दा यूएईलाई बढी दबाब भएको बताएका छन् ।

‘यूएईले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ। त्यसबारे हामी जानकार छौं । दुबई क्रिकेट मैदानमा सम्भवत हामी पहिलो पटक खेल्दैछौं । यो मैदानमा हाम्रो अनुभव छैन । त्यसैले चुनौती छ । तर, हामीले पनि राम्रो गरिरहेका छौं । अघिल्लो खेलमा हाम्रो ब्याटिङ राम्रो हुन सकेन । विशेष गरी शीषक्रममा समस्या देखियो । तर, हामी खेल्न तयार छौं,’ नेपालका प्रशिक्षक पुबुदुले नेप्लेजसँगको कुराकानीमा भनेका छन्, ‘यूएईको ब्याटिङ बलियो देखिए पनि शीर्ष तीन चार खेलाडीले नै टिमलाई सम्हाल्ने गरेका छन्। त्यसमा हामीले रणनीति बनाइरहेका छौं। हामी आज सरप्राइज नतिजा निकाल्नेमा विश्वस्त छौं।’

पुबुदुले टिममा केही परिवर्तन हुने संकेत दिए। उनले कमलसिंह ऐरीलाई टिममा समेट्ने बताएपनि अन्यको नाम खुलाएनन्। उनले भने, ‘पहिलो खेलमा कमलसिंहलाई आरम दिनु मेरो लागि कठिन निर्णय थियो। पछिल्लो समय उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। तथापि, हामी पीचको कन्डिसन हेरेर निर्णय गर्नेछौं

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.