Khabar Board
Flash logo up side
flash header

नेपालले लियो यूएईका २ विकेट

Nirbachan m

काठमाडौं।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा दोस्रो खेल यूएईविरुद्ध नेपालले बलिङ गरिरहेको छ। नेपाललाई दोस्रो सफलता मिलेको छ। सोमपाल कामीले नै नेपाललाई दोस्रो सफलता दिलाएका हुन्।

उनले दोस्रो विकेटको रूपमा वृत्य अरविन्दलाई ३ रनमा आउट पारेका हुन्। यसअघि उनले चिराग सुरीलाई ६ रनमा विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराएका हुन्। यूएईले ५.२ ओभरको खेल सकिँदा २ विकेट गुमाएर २८ रन जोडेको छ।

नेपाली जारी सिरिजमा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। यूएई पनि सिरिजमा दोस्रो जित नै निकाल्ने दाउमा हुनेछ। पहिलो खेलमा दुवै टिमले पीएनजीलाई नै हराएका थिए। नेपालले बुधबार पीएनजीसँगको म्याच २ विकेटले जितेको थियो। यूएई भने पीएनजीविरुद्ध ७ विकेटले विजयी भएको थियो।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको यूएईलाई हराउन नेपाललाई सहज भने हुने छैन। यूएईले पनि नेपाललाई सहजै हराउन सक्ने अवस्था भने छैन। उसले टी–२० विश्वकप छनोटमा भने नेपाललाई हराएको थियो।

त्यतिबेला नेपाली क्रिकेट टिमका दुई मुख्य अलराउन्डर करण केसी र सोमपाल कामी टिममा थिएनन्। सोमपाल र करण टिममा आउँदा नेपालको बलिङसँगै ब्याटिङ पनि बलियो बनेको छ।

Center article

नेपालले आजको प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ। नेपालले खराब लयमा रहेका विनोद भण्डारीको ठाउँमा कमलसिंह ऐरीलाई मौका दिएको छ। कमल राम्रो लयमा छन्। उनलाई पहिलो म्याचमा आराम दिइएको थियो।

नेपाल र यूएईले हालसम्म ४ एकदिवसीय म्याच खेलेका छन्। जसमा दुवै टिमले दुई/दुई खेल जितेका छन्। वानडेमा नेपाल र यूएईको पहिलो भेट सन् २०१८ अगस्टमा भएको थियो। जसमा यूएई ७८ रनले विजयी भएको थियो। त्यसपछि २०१९ को जनवारीमा भएको दोस्रो खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको थियो।

२०१९ को जनवारीमै भएको तेस्रो भेटमा नेपालले यूएईलाई १ सय ४५ रनले पराजित गरेको थियो। जनवारीमै भएको यूएईसँगको चौथो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो।

यूएईसँग खेल्ने नेपालको प्लेइङ– ११

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र सागर ढकाल।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.