काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्याण्डसँग चाँडै मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेकाे हाे ।
यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल मार्च २७ मा हुनेछ । दुबै खेल चोनबरीमा हुनेछन् ।
फिफा बरियतामा एक सय १२ औं स्थानमा रहेको थाइल्याण्डकाे टिमले यस बर्ष पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । थाइल्याण्डले पनि एशियन कपको तेस्रो चरणको छनोट खेल्दैछ ।
थाइल्याण्डले पनि सोहि प्रतियोगिताको तयारी स्वरुप नेपालसँग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । चाेनबुरी क्लवले एएफसी च्याम्पियन्स लिग खेलिसकेको टिम हो । यस्तै उसले एएफसी कपमा पनि सहभागिता जनाइसकेको छ ।
नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग आउँदाे जुनमा प्रतिस्पर्धा गर्दैछ ।
यसैबीच नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले एउटा नयाँ खुलासा गरेका छन् । नेपाली फुटबलका प्रतिभाहरुलाई नजिकबाट नियालिरहेका अल्मुताईरीले नेपालमा धेरै खेलाडी रहेकाे र राम्राेसँग खाेज्नु जरुरी रहेकाे उल्लेख गर्दै एक जना नयाँ खेलाडीका बारेमा उत्सुकता लाग्ने खुलासा गरेका छन् ।
केही कारणहरु बताउँदै उनले नाम नबताए पनि सहिद स्मारक बी डिजिजन लिग खेल्दै गरेका एक जना हाेनहार खेलाडीले नेपाली टिममा जाेडिन लागेकाे बताएका छन् । उनले ति खेलाडीका बारेमा केही कुरा बताउँदै नेप्लेज टिभिलाई अन्तर्वार्ता दिने क्रममा मिडियालाई ती खेलाडीकाे नाम सार्वजनिक नगर्न र उनकाे अन्तर्वार्ता नलिने आग्रह गरेका छन् ।
“हामीसँग एक जना धेरै राम्राे खेल्ने बी डिभिजनका खेलाडी छन् । तर उनी राष्ट्रिय टिममा छैनन् । मैले उनलाई नजिकबाट हेरिरहेकाे छु । उनी हामीसँग जाेडिदै छन् ।” उनले भने,
“उनले भविश्यमा धेरै राम्राे गर्ने छन् ।”
“हामी उनकाे बारेमा कहीँ कतै सामजिक सञ्जाल, मिडियामा सार्वजनिक गर्न चाँहन्नाै, किनभने उनलाई हामी अहिले नै ठूलाे दवाब दिन चाँहदैनाैँ । उनले भने, “किनभने समर्थकहरु उनी प्रति एकदमै क्रेजी हुन सक्छन् ।”
उनले आग्रह गर्दै भने, “यदि तपाईहरुले उनकाे बारेमा थाहा पाउनु भएकाे छ भने सार्वजनिक नगरि दिनुस् । उनलाई अहिले नै दबाब नदिउँ । किने भने उनी एकदमै नयाँ छन् ।”
उनले ती खेलाडी हाल २१ बर्षका मात्र रहेकाे उल्लेख गरे । उनले भविश्यमा धेरै राम्राे खेल्न सक्ने तर अहिलेलाई उनलाई दबाबबाट मात्र बचाउन उनले आग्रह गरे ।