काठमाडौं ।
जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा नेपाली ब्याटर दीपेन्द्रसिंह ऐरी शीर्ष स्थानमा उक्लिएका छन् । शनिबार मलेसियाविरुद्ध अविजित ११० रन बनाएसँगै उनी शीर्ष स्थानमा उक्लिएका हुन् ।
ऐरीले ४ खेलमा एक शतक र एक अर्धशतकको मद्दतमा १८१.०८ को स्ट्राइक रेटमा २०१ रन बनाएका छन् । त्यसक्रममा उनले १४ चौका र ११ छक्का हिर्काएका छन् । त्यस्तै, यो सूचीको दोस्रो स्थानमा पिएनजीका टोनी उराह छन् । उनले ४ खेलमा २ अर्धशतकका साथ १९७.९१ को स्ट्राइक रेटमा १९० रन बनाएका छन् ।
सर्वाधिक रन बनाउने मामलामा तेस्रो स्थानमा मलेसियाका कप्तान अहमद फैज तेस्रो स्थानमा छन् । उनले ४ खेलमा २ अर्धशतकको सहयोगमा ११८.१२ को स्ट्राइकरेटमा १७६ रन बनाएका छन् । यो सूचीको चौथो नम्बरमा नेपाली टिमका ओपनिङ ब्याटर आसिफ शेख छन् ।
उनले ४ म्याचमा एक अर्धशतकको मद्दतमा १४०.५४ को स्ट्राइकरेटका साथ १५६ रन बनाएका छन् । त्यस्तै, सर्वाधिक रन बनाउने सूचीको पाँचौं स्थानमा मलेसियाका सैयद अजिजको नाम आउँछ । उनले ४ खेलमा एक अर्धशतकसहित १५२.६८ को स्ट्राइक रेटमा १४२ रन बनाएका छन् ।
त्यस्तै, यो सूचीको छैटौं स्थानमा रोहितकुमार पौडेल छन् । उनले ४ खेलमा एक अर्धशतकको सहयोगमा १४८.३८ को स्ट्राइक रेटमा १३८ रन बनाएका छन् । जारी सिरिजमा रोहितको उच्च स्कोर ५१ रन हो । चार्ल्स अमिनी (११७), वीरन्दीप सिंह (११६), नोर्मन भानुआ (११४) र असद भाला (९३) क्रमशः सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।