Khabar Board
Flash logo up side
Nirbachan aayog

पाकिस्तान र नेदरल्याण्ड्सले एकदिवसीय सिरिज खेल्ने

Nirbachan m

काठमाडौं ।

पाकिस्तानी क्रिकेट टोलीले नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय सिरिज खेल्ने भएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले नेदरल्याण्ड्सविरुद्ध जुलाईमा तीन खेलको एकदिवसीय म्याच खेल्ने भएको हो ।

दुई वर्षअिघ पाकिस्तान र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखला अनिश्चितकालका लागि स्थगित गरिएको थियो । यद्यपि दुवै टोलीका बोर्डबीच स्थगित सिरिज आयोजना गर्नका लागि छलफल भइरहेको छ ।

पाकिस्तानी मिडिया वेबसाइट जियो न्यूजले स्रोतलाई उद्धृत गर्दै टोलीले जुलाई/अगस्टमा श्रीलंकामा दुई टेस्ट र तीन एकदिवसीय सिरिज खेल्ने जनाएको छ । टोलीले २७ अगस्टदेखि श्रीलंकामा आयोजना हुने एसिया कप २०२२ मा सहभागिता जनाउनेछ ।

Panacea Education

नेदरल्याण्ड्सले पछिल्लो समय बलियो टोलीसँग लगातार क्रिकेट खेलिरहेको छ । केही दिनअघि मात्र उसले न्यूजिल्याण्डसँग तीन खेलको वानडे सिरिज खेलेको थियो । त्यस्तै, नेदरल्याण्ड्सले ३१ मेदेखि ४ जुनसम्म वेष्ट इण्डिजविरुद्ध पनि तीन खेलको एकदिवसीय श्रृंखला खेल्नेछ ।

त्यसपछि उसले १७ देखि २२ जुनसम्म इंग्ल्याण्डसँगको पनि तीन म्याचकै वानडे सिरिज खेल्ने तालिका छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.