नेपाल र उज्वेकिस्तानबीचको खेल आज, इतिहास रच्ने मौका

Image

काठमाडौं ।

एसियाली फुटबल महासंघ एएफसको कार्यतालिका अनुसार फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज उज्वेकिस्तानविरुद्ध खेल्दैछ ।खेल कीर्गिस्तानको बिश्केकमा बिहान पौने ११ बजे सुरु हुनेछ ।

नेपाल बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध जित निकाल्ने योजनामा हुनेछ । हालसम्म नेपालले उज्वेकिस्तानलाई हराउन सकेको छैन । यदि हराउन सकेन नेपालले इतिहास रच्नेछ ।नेपाललाई जित निकाल्न सजिलो भने पक्कै छैन ।

प्रतियोगिताअघि नेपालले स्थानीय क्लबसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ नेपाल पराजित हुन पुग्यो । समूह ‘बी’ मा नेपालसहित उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।