Khabar Board
Flash logo up side
Nirbachan aayog

उपाधि जितिसकेको डेक्कन चार्जर्सलाई IPL बाट किन हटाइएको थियो? यस्तो छ कारण

Nirbachan m

काठमाडौं ।

जब आईपीएल सुरु भएको थियो, डेक्कन चार्जर्स पनि आठ टोलीमध्ये एक थियो । पहिलो सिजनको खराब प्रदर्शनपछि डेक्कनले २०९ संस्करणको उपाधि जित्यो । यो सिजन दक्षिण अफ्रिकामा खेलिएको थियो । अष्ट्रेलियाका पूर्वविकेटकिपर/ब्याटर एडम गिलक्रिस्ट यस टिमको कप्तान थिए ।

उनको कप्तानीमा रहेको यस टोलीको उपकप्तान थिए– रोहित शर्मा । चौथो सिजनमा डेक्कनको कप्तानी कुमार संगकाराले सम्हाले । पछि खेलाडीको प्रतिबन्धका कारण यस टोलीलाई बिक्रीको लागि राखिएको थियो । तर, एकल बोलीका कारण बोलपत्र अस्वीकार गरिएको थियो । यो कुरा २०१२ को हो ।

१४ सेप्टेम्बर २०१२ मा डेक्कनलाई आईपीएल गभर्निङ काउन्सिलले स्थायी रूपमा प्रतिबन्ध लगाएको थियो । चार्जर्सलाई सम्झौताका सर्तहरू उल्लङ्घन गरेको कारण बर्खास्त गरिएको थियो । बीसीसीआईले २५ अक्टोबर २०१२ मा यसको पुष्टि गरेको थियो । यसपछि नयाँ टोलीको नाम सनराइजर्स हैदराबाद राखियो ।

यद्यपि, २०२० मा मुम्बई उच्च न्यायालय न्यायाधिकरणले डेक्कनको पक्षमा फैसला गर्‍यो । र, अदालतले डेक्कनलाई खारेज गर्ने निर्णयलाई अवैध घोषित गर्‍यो । टोलीको स्वामित्वमा रहेको डेक्कन क्रोनिकल होल्डिङ लिमिटेडलाई बीसीसीआईले ४८०० करोडभन्दा बढी क्षतिपूर्ति र २०१२ देखि १० प्रतिशत ब्याजसहितको रकम दिएको थियो ।

त्यसपछि सन टिभी समूहले टोलीलाई आईपीएलमा समावेश गरियो । र, यसको नाम सनराइजर्स हैदराबाद राखियो । डेक्कनमा स्टार खेलाडी एडम गिलक्रिस्ट, एन्ड्रयु साइमन्ड्स, शाहिद अफ्रिदी, स्कट स्टाइरिस र हर्शेल गिब्सलाई समावेश गरिएको थियो । यो टिमले मुख्य बलर आरपी सिंह, नुवान जोयसा र चामिन्डा भासलाई किनेको थियो । अन्य भारतीय खेलाडीमा रोहित शर्मा, वेणुगोपाल राव र प्रज्ञान ओझा रहेका थिए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.