आईपीएलमा पहिलो फराकिलो हार बेहोरेपछि यस्तो भन्छन् हार्दिक

Image

काठमाडौं ।

आइपिएलमा अहिलेसम्म अपराजित रहेको गुजरात टाइटन्सको टोलीले अन्ततः हार बेहोरेको छ । गुजरातले पहिलो हार सनराइजर्स हैदराबादविरुद्ध बेहोरेको छ । गएराति भएको खेलमा ऊ ८ विकेटले पराजित भयो ।

जारी सिजनको पहिलो हारपछि टिमका कप्तान हार्दिक पाण्ड्याले प्रतिक्रिया दिएका छन् । उनले सात देखि १० रन नबाउन चुक्दा हार बेहोर्न पुगेको बताए । ‘हामी सात देखि १० रन बनाउन चुक्यौं । हैदराबादले राम्रो बलिङ गर्यो । र, ऊ आफ्नो योजनामा अडिग रह्यो । हामीले हाम्रा गल्तीहरूबाट पाठ सिक्नु आवश्यक छ, हामीसँग कुराकानी र मजाक हुनेछ किनभने हाम्रो अर्को खेल दुई दिन पछि छ ।’

हैदराबाद ८ विकेटले विजयी

गएराति भएको खेलमा गुजरात टाइटन्सविरुद्ध सनराइजर्स हैदराबाद ८ विकेटले विजयी भयो । हैदराबादको यो लगातार दोस्रो जित हो । अघिल्लो खेलमा उसले चेन्नईलाई पनि ८ विकेटले नै हराएको थियो ।

आफ्नो चौथो खेलमा गुजरातले दिएको १६३ रनको लक्ष्य हैदराबादले १९.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान केन विलियम्सनले अर्धशतकीय पारी खेले । उनले ४६ बलमा चार छक्का र दुई चौकासहित ५७ रन बनाए ।

त्यस्तै, अभिषेक शर्माले ४२, निकोलस पूरनले अविजित ३२, राहुल त्रिपाठीले १७ ९रिटायर्ट हर्ट० र एडेन मार्कमले अविजित १२ रनको योगदान दिए । गुजरातका राशिद खान र हार्दिक पाण्ड्याले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो । उसका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा चार चौका र एक छक्कासहित अविजित ५० रन बनाए ।

अभिनव मनोहरले ३५, म्याथ्यू वेडले १९, डेविड मिलरले १२ र साइ सुदर्शनले ११ रनको योगदान दिए । हैदराबादका भुवनेश्वर कुमार, टी नटराजले दुई/दुई, उमारान मलिक र मार्को जेनसनले एकरएक विकेट लिए । यो जितसँगै हैदराबाद अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै, शीर्ष स्थानमा राजस्थान, दोस्रोमा कोलकाता, तेस्रोमा बैंग्लोर, चौथोमा लखनउ, पाँचौँमा गुजरात, छैटौँमा दिल्ली, सातौँमा पञ्जाब, नवौँमा मुम्बई र दशौँ स्थानमा चेन्नई रहेका छन् ।