Khabar Board
Flash logo up side
flash header

लखनउले दियो दिल्लीलाई विशाल लक्ष्य, राहुल र हूडाले गरे चौका/छक्काको वर्षा

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को ४५ औं खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई १ सय ९६ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको लखनउले निर्धारित २० ओभरमा विकेट तीन विकेट गुमाएर १९५ रन बनायो ।

उसका लागि कप्तान केएल राहुल र दीपक हूडाले अर्धतकीय पारी खेले । राहुलले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा ७७ तथा हूडाले ३४ बलमा ६ चौका एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए ।

त्यस्तै, क्विन्टन डिककले २३ र मार्कस स्टोइनिसले अविजित १७ रन बनाए । दिल्लीका लागि शार्दुल ठाकुरले ४ ओभरमा ४० रन दिएर तीन विकेट लए । बाँकी बलरले भने विकेट प्राप्त गर्न सकेनन् । जारी प्रतियोगितामा लखनउले ९ खेल खेल्दा ६ मा जित र तीन खेलमा हार बेहोरेको छ । दिल्लीले आठ खेल खेल्दा चारमा जित र चार खेलमा हारको सामना गरेको छ ।

एलेक्स हेल्सले अब टिममा कमब्याक गर्ने सम्भावना कति? यस्तो भन्छन् ईसीबीका डाइरेक्टर

Center article

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) का नयाँ प्रबन्ध निर्देशक रोब कीले अनुभवी ओपनर एलेक्स हेल्सले टोलीमा कमब्याक गर्ने सम्भावनाबारे प्रतिक्रिया दिएका छन् । हेल्सले गरेको गल्तीको सजाय पाइसकेको र अब उनलाई माफी दिनुपर्ने रोबको भनाइ छ ।

उनी मार्च २०१९ देखि इंग्ल्याण्डको टोलीबाट बाहिर छन् । प्रतिबन्धित औषधि सेवन गरेको भन्दै हेल्सलाई २१ दिन प्रतिबन्ध लगाइएको थियो । एकदिवसीय विश्वकपअघि उनीविरुद्ध यो कारबाही गरिएको थियो । र, त्यसपछि उनी टोलीमा फर्किन सकेका छैनन् ।

हेल्सले विभिन्न टी–२० लिगमा राम्रो प्रदर्शन गरिरहेका छन् । तर, पनि बोर्डले उनलाई टिममा राखिरहेको छैन । उनले टी–२० ब्लास्टमा राम्रो प्रदर्शन गरे । त्यसपछि हेल्सले पाकिस्तान सुपर लिगमा पनि राम्रो खेले । साथै, उनले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा पनि उत्कृष्ट प्रदर्शन गरे । त्यही लयका कारण उनी आईपीएल अक्सनमा पनि बिक्री भएका थिए । यद्यपि हेल्सले अक्सनपछि भने टोलीबाट नाम फिर्ता लिएका थिए ।

द गार्जियनको समाचारअनुसार ईसीबीका नयाँ प्रबन्ध निर्देशक रोबले भनेका छन्, ‘यो निर्णयमा संलग्न व्यक्तिहरूसँग मैले कुरा गर्नुपर्छ। हेल्सलाई चयनको लागि उपलब्ध हुने व्यवस्था गर्नुपर्छ । मेरो अनुमानमा उनले धेरै पीडा भोगिसकेका छन् ।’ इंग्ल्याण्डको टोलीमा जेसन रोय, जोनी बेयरिस्टो, जोस बटलर र डेभिड मलान जस्ता अनुभवी खेलाडी शीर्ष क्रममा छन् । जसका कारण पनि हेल्सले पुनरागमन गर्न सकेका छैनन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.