काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औं खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई २०८ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो मौका दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनायो ।
उसका लागि डेविड वार्नर र रोभम्यान पावेलले शानदार ब्याटिङ गरे । वार्नरले ५८ बलमा १२ चौका र तीन छक्कासहित अविजित ९२ रन बनाए । त्यस्तै, पावेलले ३५ बलमा ६ छक्का र तीन चौकाको सहयोगमा नटआउट ६७ रन बनाए ।
वार्नर र पावेलले चौथो विकेटका लागि ६६ बलमा अविजित १२२ रनको साझेदारी गरे । त्यस्तै, कप्तान ऋषभ पन्तले २६ र मिचेल मार्शले १० रनको योगदान दिए । हैदराबादका लागि श्रेयस गोपाल, भुवनेश्वर कुमार र शन एबटले एक/एक विकेट लिए ।
जारी सिजनमा दिल्लीले ९ म्याच खेल्दा चारमा जित र पाँच खेलमा हार बेहोरेको छ । ऊ अंक तालिकाको सातौं स्थानमा छ । हैदराबादले ९ म्याचमध्ये पाँचका जित र चार खेलमा हारको सामना गरेको छ । ऊ १० अंकका साथ पाँचौं स्थानमा छ ।