Khabar Board
Flash logo up side
Nirbachan aayog

कोलकातामाथि लखनउको फराकिलो जित, अंक तालिकामा गर्‍यो व्यापक सुधार

Nirbachan m

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध लखनउ सुपर जायन्ट्स ७५ रनले विजयी भएको छ । यो जितसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

लखनउले ११ खेल खेल्दा आठमा जित र तीन खेलमा हार बेहोरेको छ । केकेआरमाथिको जितसँगै प्लेअफ पुग्ने लखनउको सम्भावना झन् बढेको छ । यता गत संस्करण उपविजेता कोलकाताले भने प्लेअफ दौड कमजोर बनाएको छ । आठौं स्थानमा रहेको उसले ११ म्याच खेल्दा सातमा हार र चार खेलमा मात्र जित हात पारेको छ ।

आफ्नो ११ औं खेलमा पञ्जाबले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले १४.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । उसका लागि आन्द्रे रसेलले आक्रामक पारी खेले पनि जित दिलाउन सकेनन् । उनले १९ बलमा पाँच छक्का र तीन चौकासहित ४५ रन बनाए ।

त्यस्तै, सुनिल नारायण २२ र आरोन फिन्च १४ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनउका लागि आवेश खान, जेसन होल्डरले तीन/तीन, रवि विश्नोई, दुश्मन्था चामेरा र मोहसिन खानले एक/एक विकेट लिए ।

त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले निर्धापरत २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो । उसका लागि क्विन्टन डिककले २९ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाए ।

त्यस्तै, दीपक हूडाले २७ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४१ रनको पारी खेले । मार्कस स्टोइनिसले १४ बलमा तीन छक्का र एक चौकाको मद्दतमा २८ रनको योगदान दिए । उनले खेलको १९ औं ओभरमा शिवम माविको बलमा लगातार तीन छक्का हिर्काए ।

चौथो बलमा भने स्टोइनिस क्याच आउट भए । तर, पाँचौं र छैटौं बलमा जेसन होल्डरले लगातार दुई छक्का हिर्काए । स्टोइनिस र होल्डरले यो ओभरमा कुल ३० रन बनाए । आयुष बदोनीले अविजित १५ र होल्डरले १३ रनको योगदान दिए । केकेआरका लागि आन्द्रे रसेलले दुई, टिम साउथी, शिवम मावी, र सुनिल नारायणले एक/एक विकेट लिए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.