Khabar Board
Flash logo up side
Nirbachan aayog

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार, चलेन रोनाल्डोको जादू

Nirbachan m

काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी बराबरीमा रोकिँदा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । युनाइटेड घरेलु टोली ब्राइटनविरुद्ध ४–० अन्तरले पराजित भएको हो । ब्राइटनको जितमा मोइसेस, मार्क किकिरेला, पास्कल ग्रोब र लिन्द्रो ट्रोसार्डले एक/एक गोल गरे ।

जितपछि ब्राइटन ३६ खेलमा ४७ अंक जोडेर नवौं स्थानमा छ । युनाइटेड ५८ अंक जोडेर छैटौं स्थानमा छ । योसँगै युनाइटेडको च्याम्पियन्स लिग सम्भावना कम भएको छ । अर्को खेलमा चेल्सी वुल्भ्ससँग २–२ को बराबरीमा रोकियो । घरेलु मैदान स्ट्रामफोर्ड ब्रीजमा चेल्सीले २–० को अग्रता जोगाउन नसकेको हो ।

Panacea Education

चेल्सीको लागि रोमेलु लुकाकुले दुई गोल गरे । वुल्भ्सको लागि फ्रान्सिस्को ट्रिनिकाओले र कोनोर कोयडीले गोल गरे । बराबरीसँगै ३५ खेलबाट ६७ अंक जोडेको चेल्सी तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ३५ खेलबाट ५० अंक जोडेको वुल्भ्स तालिकाको आठौं स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत शनिबार नै भएको अन्य खेलहरुमा ब्रेन्टफोर्डले साउथ ह्याम्पटनलाई ३–० ले, एस्टोन भिल्लाले बर्न्लीलाई ३–१ ले र क्रिस्टल प्यालेसले वाटफोर्डलाई १–० ले पराजित गरेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.