Khabar Board
Flash logo up side
flash header

इंग्ल्याण्डमा पुजाराको शानदार ब्याटिङ, चार खेलमा बनाए चार शतक

Nirbachan m

काठमाडौं ।

भारतीय टेष्ट क्रिकेटर चेतेश्वर पुजाराले इंग्ल्याण्डको काउन्टी च्याम्पियनसिप डिभिजन–२ मा शानदार प्रदर्शन जारी राखेका छन् । उनले प्रतियोगिताको चौथो खेलमा पनि शानदार शतकीय पारी खेलेका छन् । ससेक्सबाट प्रतियोगिता खेलिरहेका पुजाराले मिडलसेक्सविरुद्ध चौथो शतकीय पारी खेले ।

उनले चौथो खेलमा दोस्रो इनिङ्समा शतक बनाएका हुन् । पुजाराले पछिल्लो खेलमा दोहोरो शतक बनाएका थिए । ससेक्सका लागि उनले जारी सिजनमा अहिलेसम्म चार शतक बनाएका छन् । जसमा पुजाराले दुईपटक दोहोरो शतक बनाएका छन् ।

Center article

दक्षिण अफ्रिका भ्रमणमा रहँदा पुजाराको ब्याट चलेको थिएन । जसकारण उनी टोलीबाट पनि बाहिरिए । त्यसपछि उनले रणजी ट्रफी खेल्ने निर्णय गरे । त्यहाँ पहिलो चरण खेलेपछि पुजाराले काउन्टी क्रिकेटमा फर्कने निर्णय गरे । उनले यो प्रतियोगितामा शानदार प्रदर्शन गरिरहेका छन् ।

लगातार शतक बनाइरहेका पुजारा आसन्न टेष्ट सिरिजका लागि भारतीय टिममा मौका पाउने सम्भावना बढी छ । तेस्रो दिनको खेल सकिँदा पुजाराले १४९ बलमा १६ चौका र दुई छक्कासहित १२५ रनमा अविजित छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.