Khabar Board
Flash logo up side
flash header

राष्ट्रिय टिमको प्रशिक्षणबाट किन बाहिरिए भविन्द्र मल्ल? दिए यस्तो प्रतिक्रिया

Nirbachan m

काठमाडौं ।

गोलकिपर भविन्द्र मल्ल ठकुरीले नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने बताएका छन्। उनले आफू विवादमा पर्न नचाहेको भन्दै बन्द प्रशिक्षणमा सहभागी नहुने सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

भारतीय सेनमा कार्यरत भविन्द्रले अघिल्लो साता राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि आएका थिए। प्रशिक्षणका दौरानले उनले अफ्रिकी खेलाडी सम्मिलित टिमसँग अभ्यास खेल समेत खेलेका थिए।

यसअघि दश जना सिनियर खेलाडीले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेपछि १७ नयाँ खेलाडीलाई बोलाइएको थियो। १७ मध्ये गोलकिपर विकेश कुथुले आफू प्रशिक्षणमा सहभागी नहुने बताएका थिए। त्यसपछि भविन्द्र राष्ट्रिय टिममा बोलाइएका थिए।

राष्ट्रिय टिमको क्याम्पमा बोलाइएको एक सातापछि उनले सामाजिक सञ्जालमार्फत आफू विवादमा पर्न नचाहेको उल्लेख गरेका छन्। ‘कोही पनि विवादमा पर्न चाहँदैनन्, विशेष गरी खेलकुदमा। म विवादित व्यक्ति बन्न चाहन्न। तर कहिलेकाहीँ तपाईंले कठिन निर्णयहरू लिनु पर्छ जसले अन्ततः तपाईंको करिअरलाई मद्दत गर्न सक्छ। राम्रो भविष्य रनपाली फुटबल राजनीति म आफ्नो पारिवारिक भविष्य रोज्छु। एएफसी छनोटका लागि शुभकामना। जय नेपाल।,’ उनले लेखेका छन्।

यस्तै उनले भारतबाट अनुमति नपाएको समेत अर्को पोस्टमा लेखेका छन्। उनले १० वर्ष खाएको जागिर छाड्न नसक्ने बताउँदै आफूलाई विवादमा नपार्न आग्रह गरेका छन्। उनले नेपालमा आफूभन्दा १०० जना गोलकिपर राम्रो भएको उल्लेख गर्दै जसलाई पनि आफ्नो देशबाट खेल्ने सपना हुने बताएका छन्।

Center article

चितवनका भविन्द्र दश वर्षदेखि भारतीय सेनामा कार्यरत छन्। जहाँ उनी फुटबल खेल्नेछन्। यसअघि प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए।

हाल माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गर्ने बताएका थिए। यो विषयमा एन्फाले छानविन गरिरहेको छ।

नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यो खेल कतारमा हुनेछ।

एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ। एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।

नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.