काठमाडौं ।
नेपाली फुटबलले पहिलोपटक सन् १९८१ मा विदेशी प्रशिक्षक पाएको थियो । त्यसयता धेरै प्रशिक्षक फेरिए पनि लामो समय टिकेको इतिहास भने कम छ । केही प्रशिक्षक त एक वर्ष पनि टिक्न नसक्दै विदा भए ।
पहिलो पटक नेपाली फुटबल टिमको प्रशिक्षकमा जर्मनीका रूडी गुन्टेडोर्फ नियुक्त भएका थिए । उनले १९८१ देखि ८२ सम्म नेपाली टिमको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । फेरि रूडीले १९८६ मा नेपाली टिमको प्रशिक्षक पद सम्हालेका थिए । सन् १९८४ देखि ८५ सम्म जर्मनीकै जोकन फिगे नेपाली टिमको प्रशिक्षक बनेका थिए ।
त्यसपछि आयरल्याण्डका जो किन्नेअर नेपाली टिमको प्रशिक्षक बने । उनी १९८७ मा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए । त्यस्तै, सन् १९८९ मा रीनहार्ड फेबिस नेपाली टिमको प्रशिक्षक बने । उनी १९८९ मा नेपाल आएका थिए ।
सन् १९८९ देखि ९१ सम्म नेपालका धनबहादुर बस्नेतले नेपाली टिमको प्रशिक्षकको भूमिका निर्वाह गरे । उनी १९९३, १९९७ मा पनि नेपाली टिमको प्रशिक्षक बनेका थिए । त्यस्तै, नेपालकै महेश्वर मुल्मीले सन् १९९१ देखि ९३ सम्म टिमको प्रशिक्षकको जिम्मेवारी पाए । उनी १९९५, २००१ मा पनि प्रशिक्षकमा नियुक्त भएका थिए ।
त्यस्तै, जर्मनीका होल्गर ओभरमन सन् १९९१ देखि ९३ सम्म नेपाली टिमको प्रशिक्षक बनेका थिए । नेपालकै योगम्बर सुवालले १९९५, १९९७ र २००९ मा नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।
नपाली फुटबल इतिहासमा को-को बने प्रशिक्षक? हेर्नुस् सूची :