Khabar Board
Flash logo up side
Nirbachan aayog

‘नेपाली चेली’ सीताको विश्वभर चर्चा, यस्तो छ कारण (भिडियोसहित)

Nirbachan m

काठमाडौं ।

दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुन अभिनीत ‘पुष्पा’ फिल्मको लोकप्रियता नेपालमा अत्यधिक रह्यो । पुष्पा गत डिसेम्बरमा सिनेमा हलमा रिलिज भएको थियो । रिलिज भएको केही महिना बितिसक्दा पनि यो चलचित्र सामाजिक सञ्जालमा चर्चामा छ ।

अझ बिशेष गरि फिल्ममा अल्लु अर्जुनले गरेको स्टाइलले दर्शकमा ठुलो प्रभाव छाडेको छ । यस फिल्मका संवाद नक्कल गर्ने ’ट्रेन्ड’ धेरै छ ।पुष महिनामा धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता र लगत्तै आयोजना भएको ललितपुर मेयर्स कपमा सिंगो एपीएफ टोलीले ‘पुष्पा सेलिब्रेसन’ गरेको थियो । विकेट प्राप्त गरिसकेपछि करुणा भण्डारी, सीता राना मगर लगायतले सो सेलिब्रेसन गर्दै आएका थिए । अहिले उनै सिता राना मगरले गरेको ‘पुष्पा सेलिब्रेसन’को भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ।

हाल दुबईमा फेयर ब्रेक आमन्त्रण प्रतियोगिता भैरहेको छ । फेयरब्रेक प्रतियोगिता आईसीसीद्धारा मान्यता प्राप्त प्रतियोगिता हो, जुन मे १ देखि १५ सम्म हुनेछ । यस प्रतियोगितामार्फत आयरल्यान्ड, नेपाल, थाइल्याण्डका महिला क्रिकेटरले केही चर्चित खेलाडीसँग सहभागी हुने अवसर पाएका छन् । नेपालबाट पहिलो पटक सिता राना मगर र रुबिना क्षेत्रीले सहभागिता जनाएका छन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार टोर्नाडो वुमेन्स र वारियर्स वुमेन्सबीच खेल भएको थियो । खेलमा ग्याबी लुइसको विकेट लिएपछि सिताले अल्लु अर्जुन स्टाइलमा विकेट सेलिब्रेट गरिन् । खेलपछि उनको पुष्पा सेलिब्रेसनले चर्चा बटुलीरहेको छ ।

यसअघि चैत्रमा त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा ऐतिहासिक प्रदर्शन गर्दै ह्याट्रिक सहित ५ विकेट लिएका नेपालका करण केसीको पुष्पा सेलिब्रेसनले पनि निकै चर्चा पाएको थियो ।

घाटीमा हात लिएर जोडसंग घुमाएर गरिने यो सेलिब्रेसन प्रख्यात हुनुमा यसको शैलीनै मुख्य हो । यो शैलीले सेलिब्रेसन मात्र गरेको हुदैन, मानसिक रुपमै पनि आफु कोहीसँग नझुक्ने सन्देश दिन्छ । त्यसैले पछिल्लो समय खेल मैदानमा पनि खेलाडीमाझ यो शैली लोकप्रिय भैरहेको छ ।

बिशेषत प्रतिद्वन्दीलाई आक्रामक रुपमा सन्देश दिन र उसविरुद्ध हाबी हुन यो सेलिब्रेसनलाई बिश्व प्रसिद्द खेलाडीले पनि विभिन्न ठुला प्रतियोगिताहरुमा अपनाइरहेका छन्।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.