Khabar Board
Flash logo up side
flash header

स्टार स्पिनर भन्छन्– विराटलाई सल्लाह दिनु भनेको सूर्यलाई टर्च देखाउनु जस्तै हो

Nirbachan m

काठमाडौं ।

आईपीएल २०२२ मा विराट कोहलीको प्रदर्शन निकै खराब रहेको छ । उनले १२ म्याच खेल्दा एक मात्रै अर्धशतकीय पारी खेल्न सकेका छन् । जारी सिजनमा कोहली तीनपटक त शून्यमै आउट भइसकेका छन् ।

उनी आइतबार सम्पन्न सनराइजर्स हैदराबाद (एसआरएच) विरुद्धको खेलमा पनि शून्यमै आउट भए । यो खेलमा कोहली स्पिनर जगदिश सूचितको पहिलो बलमै आउट हुन पुगे । लगातार कमजोर प्रदर्शन गरिरहेका कोहलीलाई धेरैले फरक–फरक सल्लाह दिइरहेका छन् यसैबीच, आईपीएलका स्टार स्पिनर अमित मिश्राले भने सल्लाह दिनेलाई निशाना बनाएका छन् ।

Center article

‘विराट कोहलीलाई ब्याटिङ सल्लाह दिनु भनेको सूर्यलाई टर्च देखाउनु जस्तै हो । उनले सधैंको रूपमा बलियो फर्कनुअघि केही खेलहरूको कुरा मात्र हो । कोहलीले २०१४ को इङ्ल्यान्ड भ्रमणपछि त्यो गरेका थिए । र, उनले फेरि पनि गर्नेछन्,’ मिश्राले ट्विटरमा लेखेका छन् ।

जारी आईपीएल संस्करणमा कोहली १२ खेलमा १९.६३ को औसतमा २१६ रन बनाएका छन् । यस अवधिमा उनको स्ट्राइक रेट मात्र १११.३४ रहेको छ । धेरैले उनलाई ब्रेक लिन सल्लाह दिएका छन् । भारतीय टिमका पूर्वमुख्य प्रशिक्षक रवि शास्त्रीले पनि अहिले कोहलीलाई विश्रामको आवश्यकता रहेको बताएका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.