काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक विकेट अर्थात पर्पल क्याप दौडमा स्पिनर वानिन्दु हसरंगा दोस्रो स्थानमा उक्लिएका छन् । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) बाट खेलिरहेका उनले आइतबार सनराइजर्स हैदराबादविरुद्ध पाँच विकेट लिएपछि उनी दोस्रो स्थानमा उकिलएका हुन् ।
हसरंगाले १२ खेलमा ७.८५ को इकोनमीमा २१ विकेट लिएका छन् । जारी सिजनमा उनको उत्कृष्ट बलिङ ४ ओभरमा १८ रन दिएर २१ विकेट लिनु हो । यो सूचीको शीर्ष स्थानमा राजस्थान रोयल्सका युजवेन्द्र चहल छन् । उनले ११ खेलमा ७.२५ को इकोनमीमा २२ विकेट लिएका छन् । चहलको उत्कृष्ट बलिङ ४ ओभरमा ४० रन दिएर पाँच विकेट लिनु हो ।
त्यस्तै, तेस्रो स्थानमा पञ्जाब किंग्सका कागिसो रबाडा छन् । उनले १० खेलमा ८.७२ को इकोनमीमा १८ विकेट लिएका छन् । पर्पल क्याप दौडको चौथो स्थानमा दिल्ली क्यापिटल्सका स्पिनर कुलदीप यादव छन् । उनले ११ खेलमा ८.८७ को इकोनमीमा १८ विकेट लिएका छन् ।
यो सूचीको पाँचौं स्थानमा सनराइजर्स हैदराबादका टी नटराज छन् । उनले ९ खेलमा ८.६५ को इकोनमीमा १७ विकेट लिएका छन् । त्यस्तै, ५५ म्याच सकिँदा छैटौं स्थानमा खलिल अहमद (१६), सातौंमा डिजे ब्रावो (१६), आठौंमा उमेश यादव (१५), नवौँमा उमरान मलिक (१५) र दशौँ स्थानमा मोहम्मद शामी (१५ विकेट) रहेका छन् ।
५५ म्याच सकिँदा सर्वाधिक विकेट लिने १० बलर :