Khabar Board
Flash logo up side
flash header

आखिर किन ढिलाइ हुदैछ नेपाल र जिम्बावे ए बीचको अन्तिम खेल, यस्तो छ कारण

Nirbachan m

काठमाडौं ।

नेपाल र जिम्बावे ए बीचको अन्तिम एकदिवसीय खेल चिसो मैदानले साेमबार बिहान समयमै टस हुन सकेको छैन । त्रिवि क्रिकेट मैदानमा हुने खेल ९:३० बजे सुरू हुनुपर्ने थियो ।

तर, आइतबार परेको पानीले मैदान ओसिलो भएपछि टस हुन सकेन । ११ बजे अम्पायरले मैदान निरीक्षणपछि टस अझै हुन नसक्ने जानकारी दिएका छन् । अर्को निरीक्षण १२:०० बजे हुनेछ ।

दोस्रो खेलमा ९ विकेटले विजयी भएकाले नेपाली टिम उच्च मनोबलमा छ । जिम्बाब्वे उत्कृष्ट कमब्याक गर्दै नेपाललाई निराश बनाउन चाहन्छ । पहिलो खेलमा ३ विकेटले विजयी भएको उसले दोस्रो म्याचमा भने निकै खराब खेल्यो । जहाँ जिम्बाब्वे ८८ रनमै अलआउट भयो । तेस्रो खेलमा भने जिम्बाब्वे उत्कृष्ट रणनीतिका साथ मैदान उत्रिनेछ ।

नेपाल घरेलु मैदान र समर्थकको साथको फाइदा उठाउँदै निर्णायक खेलमा पनि जित हात पार्न चाहन्छ । हालसम्म नेपालले जिम्बाब्वेविरुद्ध कुनै पनि प्रारूपमा सिरिज जित्न सकेको छैन । यदि सोमबार विजयी भएमा नेपालले इतिहास पनि रच्नेछ ।

Center article

तेस्रो खेलमा नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गर्न सक्छ । सिरिजलाई आईसीसीले मान्यता नदिएकाले पनि सबै खेलाडीलाई अभ्यास दिने योजनाअनुरूप अन्तिम खेलमा नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको हो ।

निर्णायक खेलमा कोच र कप्तानले आरिफ शेख, रोहितकुमार पौडेल र सागर ढकाललाई विश्राम दिएर देव खनाल, किशोर महतो र विक्रम सोबलाई मौका दिन सक्छन् ।

निर्णायक खेलमा नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान), किशोर महतो र विक्रम सोब ।

आजको खेल रद्द भए नेपाल र जिम्बावे ए बीचको सिरिज बराबरी हुनेछ । यसअघि नेपालले जिम्बावे ए सँगै घरेलु मैदानमा खेलेको टी २० सिरिज पनि बराबरीमा सकिएको थियो ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.