Khabar Board
Flash logo up side
flash header

मुम्बईमाथि कोलकाताको फराकिलो जित, रोचक बन्यो प्लेअफ दौड

Nirbachan m

काटठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) कोलकाता नाइट राइडर्स (केकेआर) ले पाँचौं जित निकालेको छ । गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्स ५२ रनले हराउँदै कोलकाताले लिगमा पाँचौं जित निकालेको हो ।

यो जितसँगै कोलकाताले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ । उसले १२ खेलमा सातमा हार र पाँच खेलमा जित हात पारेको छ । प्लेअफ पुग्न कोलकाताले अब बाँकी दुई खेलमा लगातार जितका साथै अन्य टिमको नतिजा पनि हेर्नुपर्नेछ ।

मुम्बई भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । उसले ११ म्याच खेल्दा ९ मा हार र दुई खेलमा मात्र जित हात पारेको छ । आफ्नो ११ औं खेलमा कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७.३ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।

उसका लागि इशान किशनले ४३ बलमा चार चौका र एक छक्कासहित ५१ रन बनाए । किरण पोलार्ड १५, टिम डेविड १३ र रमनदीप सिंह १२ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

कोलकाताका लागि प्याट कमिन्सले तीन, आन्द्रे रसेलले दुई, वरुण चक्रवर्ती र टिम साउदीले एक/एक विकेट हात पारे । केकेआरले तीन विकेट भने रनआउटको रूपमा प्राप्त गर्यो । त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनायो ।

Center article

उसका लागि वैंकटेश अय्यर, नितिश राणाले ४३/४३ र रिंकु सिंहले अविजित २३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । मुम्बईका लागि जसप्रित बुमराहले शानदार बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित १० रन दिएर महत्वपूर्ण पाँच विकेट लिए ।

आईपीएलमा बुमराहको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । यसअघि आईपीएलमा उनको उत्कृष्ट स्पेल १४ रन दिएर ४ विकेट लिनु थियो । हालसम्म बुमराहले आईपीएलमा ११८ म्याचमा १४० विकेट लिएका छन् । कोलकाता यो जितसँगै तालिकाको सातौंमा उक्लिँदा मुम्बई भने पुछारमा छ ।

कोलकाताको जितले प्लेअफ दौड निकै रोमाञ्चक बनेको छ । अब केकेआरसहित पञ्जाब, दिल्ली, हैदराबादको १०/१० अंक भएको छ । त्यस्तै, बैंग्लोर र राजस्थानले १४/१४ जोडेका छन् । लखनउ र गुजरात १६/१६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छन् । चेन्नई आठ अंकका साथ तालिकाको नवौं स्थानमा छ । चेन्नईको पनि प्लेअफ पुग्ने सम्भावान जीवितै छ ।

५६ खेल सकिँदा यस्तो बन्यो अंक तालिका :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.