Khabar Board
Flash logo up side
flash header

अफ्रिकी क्लबविरुद्ध नेपालको शानदार जित, गर्‍यो गोलको वर्षा !

Nirbachan m

काठमाडौं ।

क्यामरुनी क्लब एभिनिर एफसीविरुद्ध नेपाली राष्ट्रिय फुटबल टोली विजयी भएको छ । आसन्न एसियन कप छनोटको तयारीमा रहेको नेपाली टिमले तेस्रो अभ्यास खेलमा ४–१ ले विजयी भएको हो । खेल आज दशरथ रंगशालामा भएको खेलमा थियो ।

यसअघि भएका दुई खेलमा बराबरीमा चित्त बुझाएको नेपाली टिमको जितमा जर्ज प्रिन्स कार्कीले दुई गोल गरे भने मनिष डाँगी र दर्शन गुरुङले एक एक गोल गरे । कुवेतमा हुने एशियन कप छनोटको तयारीमा रहेको नेपाली फुटबल टिम चाँडै कतारमा क्याम्पका लागि जानेछ ।

१० दिनको क्याम्पमा नेपालले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । त्यसपछि नेपाली टिम कुवेत प्रस्थान गर्नेछ । एशियन कप छनोटमा नेपालले कुवेत, जोर्डन र इन्डोनेसियासँग खेल्नेछ ।

नेपालले जिम्बाब्वेसँगको सिरिज जितेपछि भारतीय मिडियाले के लेखे? किशोरको व्यापक चर्चा

सोमबार भएको जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज घरेलु टोली नेपालले जित्यो । जिम्बाब्वेलाई अन्तिम खेलमा ६ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो । योसँगै नेपालले इतिहास रचेको छ ।

पहिलोपटक जिम्बाब्वेको कुनै पनि टोलीविरुद्धको सिरिज जित्दै नेपालले इतिहास रचेको हो । फाइनलमा जिम्बाब्वेले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि प्रारम्भिक ब्याटर कुशल भुर्तेलले शानदार पारी खेले । उनले ६१ बलमा सात चौका र चार छक्कासहित ८५ रन बनाए ।

Center article

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतकीय पारी खेले । उनले ४३ बलमा चार चौका र तीन छक्कासहित अविजित ६० रनको योगदान दिए । विनोद भण्डारी २८ रनमा अविजित रहे । आसिफ शेख २९ र सुनिल धमला ६ रनमा आउट भए । रोहितकुमार पौडेलले भने खाता खोल्न सकेनन् । जिम्बाब्वेका लागि ब्रेण्डन मभुताले तीन र ब्राड इभन्सले एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले पिच ओसिलो भएका कारण ३३ ओभरमा झारिएको खेलमा ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनायो । उसका लागि तडिवानासे मरुमणिले ५०, कुडजाइ मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योंगाले २४, ल्यकु जोंग्वेले १९, केफास जुवाओले १६ र इनोसेन्ट कियाले १२ रन बनाए ।

नेपालका लागि किशोर महतोले पाँच, सोमपाल कामीले दुई, दीपेन्द्रसिंह ऐरी र करण केसीले एकरएक विकेट हात पारे । कप्तान सन्दीप लामिछाने भने महँगा सावित भए । उनले ६ ओभरमा ९.३३ को इकोनमीमा बिनाविकेट ५६ रन खर्चिए । नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो । तर, दोस्रो म्याचमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले हरायो ।

जिम्बाब्वेविरुद्धको जितपछि अहिले नेपाली टिमको प्रशंसा भइरहेको छ । यो सिरिजमा केही नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे । उनीहरूको प्रदर्शनको भारतीय सञ्चारमाध्यमले पनि प्रशंसा गरेका छन् । भारतको चर्चित खेलकुद अनलाइन स्पोर्ट्सकीडाले नेपाली टिम र खेलाडीको प्रशंसा गरेको छ । उसले लेखेको छ, ‘एकदिवसीय सिरिजमा जिम्बाब्वेलाई हराउँदै नेपाल पार्‍यो चकित, डेब्यू खेलमा युवा बलरले लिए ५ विकेट ।’

डेब्यूमा पाँच विकेट लिने बलर किशोर महतो हुन् । उनले सात ओभरमा एक मेडनसहित ४३ रन दिएर महत्वपूर्ण ५ विकेट लिए । इण्डिया टिभी न्यूजले पनि नेपालले जितेको समाचार लेखेको छ । साथै, उसले स्कोरबोर्ड पनि राखेको छ । क्रिकेट एण्ड मोरले पनि ‘जिम्बाब्वेमाथि नेपाल शानदार जित’ भनेर लेखेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.