Khabar Board
Flash logo up side
Nirbachan aayog

नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै, यस्तो छ सम्भावित प्लेइङ–११

Nirbachan m

काठमाडौं ।

नेपाली क्रिकेट टोली अहिले अमेरिका भ्रमणमा छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसिय अभ्यास खेलमा आज राती ह्युस्टन हरिकेन्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ९ : १५ मा पे्रर क्रिकेट भ्यू कम्प्लेक्समा सुरु हुनेछ ।

नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको थियो । नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपनि खेल जिताउन सकेका थिएनन् । नेपाल दोस्रो अभ्यास खेलमा सानदार जितका साथ उच्च मनोबलका साथ अमेरिका र ओमानसँग खेल्ने सोचमा हुनेछ ।

स्पिनर सागर ढकाल र सुशान भारीले सन्दीपलाई राम्रो साथ दिन सकेका छैनन् । यी दुबै स्पिनर आज बेन्चमा बस्न सक्छन् । पहिलो अभ्यास खेलमा सोमपाल कामी र करण केसी पनि विकेट विहीन बनेका थिए । प्लेइङ ११ बाहिर भएका किशोर महतोलाई बलिङ गराएको थियो । बलिङमा सन्दीपलाई अन्य बलरले साथ दिन आवश्यक छ ।

अभ्यास खेल हुँदा नेपालले सबै बलरलाई प्रयोग गर्नेछ । पहिलो खेलमा प्लेइङ ११ बाहिर रहेका सुशान भारी, किशोर महतो र सुनिल धमलाई पनि नेपालले अवसर दिएको थियो । नेपालका ओपनर कुशल भुर्तेल र सुनिल धमलाले गर्ने सम्भावना छ । पछिल्लो खेलमा आसिफ शेखको खुट्टामा चोट लागेको हुँदा नेपालले उनलाई विश्राम दिने सम्भावना छ । तेस्रो नम्बरमा देव खनाल हुनेछन् । देवलाई आफ्नो स्ट्राइकरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

नेपालले पहिलो खेलमा दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिएको थियो । नेपालका प्रमुख ब्याटर दीपेन्द्रको आगमनले ब्याटिङ मजबुतको साथै स्पिन आक्रामण पनि बलियो बन्नेछ । आरिफ शेखले सर्वाधिक ६० रन बनाएका थिए । नेपालले रोहित पौडेललाई पाँचौं र आरिफ शेखलाई छैटौं नम्बरमा मैदान उतार्नेछ ।

त्यसपछि आदिल अन्सारी, सोमपाल, करण, किशोर र सन्दीप हुनेछन् । करण र आदिल विष्फोटक ब्याटर हुन् । शीर्षक्रमका ब्याटरलाई आजको खेलमा ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । दीपेन्द्र टोलीमा हुँदा नेपालले स्पिनरमा सागर र सुशान दुबैलाई बेन्चमा राख्नसक्छ । यो अभ्यास खेल हुँदा नेपालले जो कोहीलाई खेलाउन सक्छ । अभ्यास खेलमा प्लेइङ ११ मा रहेको खेलाडीलाई मात्र खेलाउने भन्ने हुँदैन ।

यता हरिकेन्सबाट नेपालविरुद्ध पहिलो अभ्यास खेल खेलेका गौरभ बजाज मैदान उत्रनेछन् । पहिलो खेलमा गौरभले ५८ बलमा २ चौकासहित ४० रन जोडेका थिए । गौरभ चर्चित नाम हुन् । यसअघि हरिकेन्सबाट अमेरिका तीव्र गतिका बलर अली खान पनि खेल्दै आएका थिए । तर उनी अमेरिका टोलीमा हुँदा आजको अभ्यास खेलमा हुने छैनन् । अमेरिकाबाट खेली सकेका उस्मान राफिकले हरिकेन्सको कप्तानी गर्नेछन्।

हरिकेन्ससँगको अभ्याससँगै नेपालको आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक ओडिआई सिरिजको तयारी सकिनेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ ।

नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

अमेरिकामा नेपालको खेल तालिका – जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान, जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल, जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान, असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

यो पनि : विश्वकप छनोटमा बलियो टोली यूएईविरुद्ध खेल्दै नेपाल, यस्तो छ सम्भावित प्लेइङ–११

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.