Khabar Board
Flash logo up side
Nirbachan aayog

युएई विरूद्ध नेपालको हाल सम्मको नै खराब प्रदर्शन, ८ रनमा अलआउट

Nirbachan m

काठमाडौं ।

आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल युएईसँग ८ रनमा अल आउट भएको छ । मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको छ ।

नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् । ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १-१ रनमा आउट भए । लज्जास्पद ब्याटिङ गर्नेक्रममा नेपालका ६ खेलाडीले खाता खोल्न सकेनन् ।

अञ्जली विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, एलिसा कुमारी यादव, रञ्जु श्रेष्ठ र कृतिका मरासिनी शून्यमा आउट भएका छन् । युएईकी महिका गौरले ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर ५ विकेट लिइन् । इन्धुजा नन्दका कुमारले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिएकी छिन् । सिमराले १ विकेट लिइन् ।

Panacea Education

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । युएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । दुबै टोली लगातार दोस्रो जितका साथ विश्वकपमा आफ्नो स्थान बलियो बनाउन चाहन्छन् । ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू१९ टि२० महिला विश्वकप खेल्न पाउनेछ ।

यो पनि : नेपालले गर्‍याे इतिहासकै खराब प्रदर्शन; ८ रनमा अलआउट, युएई ७ बलमा विजयी

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.