Khabar Board
Flash logo up side
Nirbachan aayog

नेपालले गर्‍याे इतिहासकै खराब प्रदर्शन; ८ रनमा अलआउट, युएई ७ बलमा विजयी

Nirbachan m

काठमाडौं ।

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग पराजित भएको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार नेपाललाई युएईले १० विकेटले हराएको हो ।

नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो। युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन । लाभन्या केनी ३ रन अविजित रहिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रन जोडेको हो ।

इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १/१ रन जोडिन ।

अन्जली कुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, कृतिका मरासिनी, रन्जु श्रेष्ठ, अलिशा कुमारी यादव सुन्य रनमा आउट भए । युएईका महिका गौरले ५ विकेट लिईन । इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् ।

Panacea Education

छनोटमा नेपालको यो पहिलो हार हो । शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएईको भने यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । अब नेपालले सोमबार भुटानविरुद्ध खेल्नेछ । त्यस्तै मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

यो पनि : युएई विरूद्ध नेपालको हाल सम्मको नै खराब प्रदर्शन, ८ रनमा अलआउट

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.