Khabar Board
Flash logo up side
flash header

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

Nirbachan m

काठमाडौं ।

महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।

साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।

Center article

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई समितिले अनुमोदन गरेको हो ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.