Khabar Board
Flash logo up side
flash header

सन्दीपले ‘लंका प्रिमियर लिग’ खेल्ने, लाखौं रुपैयाँमा भए अनुबन्ध

Nirbachan m

काठमाडौं ।

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिग (एलपीएल) टी–२० खेल्ने भएका छन्। सन्दीपले जुलाई अन्तिमबाट सुरू हुने तेस्रो संस्करण एलपीएल खेल्ने भएका हुन्।

मंगलबार भएका खेलाडी ड्राफ्टमा सन्दीपलाई डम्बुला जाइन्ट्सले अनुबन्ध गरेको छ। डम्बुलाले सन्दीपलाई अन्तर्राष्ट्रिय डायमण्ड खेलाडीको रूपमा अनुबन्ध गरेको हो। सन्दीपलाई ४० हजार अमेरिक डलर अर्थात् ५० लाख ६१ हजार नेपाली रूपैयाँ अनुबन्ध गरेको हो।

सन्दीपले पहिलोपटक एलपीएल खेल्ने भएका हुन्। एलपीएल प्रतियोगिता जुलाई ३१ देखि अगस्ट २१ सम्म चल्नेछ। पहिलो दुई वर्षजस्तै यसपटक पनि लिगमा जम्मा पाँच टोलीको सहभागिता रहने छ। प्रतियोगितामा २४ खेल हुनेछन्।

Center article

समूह चरणका खेलहरू कोलम्बोमा र प्लेअफका खेल हम्बनटोटामा हुनेछन्। हालसम्मका दुई संस्करणको उपाधि जाफना टोली (पहिलो जाफना स्टालियन्स र त्यसपछि जाफना किंग्स) ले जितेको थियो। दुवै पटक फाइनलमा गाले ग्लाडिएटर्स पराजित भएको थियो।

यो पनि : सन्दीप डम्बुलापछि अर्काे ठाउँमा पनि भए अनुबन्धित, टिममा हुने छन् यी खेलाडी

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.