Khabar Board
Flash logo up side
flash header

एसियाली खेलकुदको नयाँ मिति घोषणा, अब यो मितिमा हुने

Nirbachan m

काठमाडौं ।

चीनको हाङझाउमा आगामी हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को नयाँ मिति घोषणा गरिएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म एसियाली खेलकुद हुने जनाएको हो।

यसअघि कोभिड- १९ का कारण यो वर्ष हुने तय एसियाली खेलकुद स्थगित गरिएको थियो। ओसिएका अनुसार चाइनिज ओलम्पिक कमिटी र हाङझाउ एसियन गेम्स आयोजक कमिटीको कार्यकारी बोर्डसँगको छलफलपछि एसियाली खेलकुद नयाँ मिति घोषणा गरेको हो।

Center article

एसियन देशका लागि ओलम्पिकपछिको प्रतिष्ठित प्रतियोगिता एसियाली खेलकुदको तयारीमा चीनमा बढिरहेको कोरोना भाइरसले असर गरेको थियो। जसका कारण प्रतियोगिता स्थगित गरिएको भएको थियो। यो प्रतियोगिताका लागि नेपालले पनि तयारी गरिरहेको छ। राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय थियो। यी खेलका लागि प्रारम्भिक खेलाडी छनोट समेत गरेको छ।

एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङमा नेपालले भाग लिने निर्णय गरेको थियो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.