Khabar Board
Flash logo up side
flash header

नेपाली क्रिकेटका लागि थपियो अर्को नयाँ खुसीको खबर

Nirbachan m

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगभन्दा अगाडि नै सम्पन्न गर्ने तयारी गरेको छ । क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ सम्म निर्धारण गरिएको छ ।

सरकारले असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्नुअघि नै क्यानले नेपाल टी–२० लिगको मिति तोकेको हो । दुई प्रतियोगिता फरक फरक समयमा आयोजना गर्न क्यान र राष्ट्रिय खेलकुद परिषद (राखेप)बीच समन्वय भइरहेको थियो।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फ दुवै प्रतियोगितालाई सहज हुने गरी मिति उपलब्ध गराउन राखेप लचक भएको छ । नवौं राष्ट्रियका लागि भदौ १५ गतेसम्म खेलको दर्ता र भदौ २५ गतेसम्म खेलाडी दर्ता गरिसक्नुपर्नेछ । नवौं राष्ट्रिय खेलकुदका सचिवालय प्रमुख फणिन्द्र पौडेलेले पुरुष क्रिकेट प्रतियोगिता अगाडि नै सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए ।

Center article

‘नेपाल टी–२० लिग आईसीसीबाट पूर्वस्वीकृति लिएर आयोजना हुन लागेकाले सार्न नमिल्ने क्यानका पदाधिकारीले भन्नुभएको छ,’ पौडेलले भने, ‘सहभागी सबै टिमको सहमति लिएर आउनुभयो भने हामी स्वीकृति दिन्छौं ।’ नवौं राष्ट्रिय खेलकुदमा समावेश भएका खेलहरु सम्बन्धित संघले नै व्यवस्थापन गर्ने भएकोले सबै प्रक्रिया पूरा गरेर प्रतियोगिता आयोजना गर्न सकिने पौडेलले बताए ।

क्यानका सचिव प्रशान्त विक्रम मल्लले पनि नवौं राष्ट्रिय खेलकुद अन्तर्षत पुरुष क्रिकेट भदौ अन्तिममा सुरु गरी असोज ५ गतेसम्म सम्पन्न गर्ने गरी तयारी भएको बताए । ‘नवौं खेल्ने सबै टिमहरुसँग छलफलमा छौँ । दर्ता प्रक्रिया पूरा भएपछि प्रतियोगिता आयोजना गर्नेछौं,’ मल्लले भने।

उनले नवौं अन्तर्गतको पुरुष क्रिकेट काठमाडौंस्थित त्रिवि मैदानमा खेलाइने पनि जानकारी दिए । महिला क्रिकेट भने पोखरामा राष्ट्रिय खेलकुदको निर्धारित मितिमै हुनेछ । पोखरामा एउटामात्र क्रिकेट मैदान भएकाले नवौं खेलकुदको मितिमा दुई प्रतियोगिता यसै पनि सम्भव थिएन ।-अनलाइनखबर

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.