काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टी-ट्वान्टी सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
मलेसियाविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
मलेसियाको घरेलु मैदानमा हुने सिरिज मे २९ बाट सुरु हुनेछ । दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ ।जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।
पछिल्लो पटक नेपालले मलेसियामा नै गत बर्षको जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप खेलेको थियो । गत वर्ष घरेलु भुमिमा युगान्डाविरुद्ध नेपालले ५ खेलको नै टी-ट्वान्टी सिरिज खेलेको थियो । युगान्डाले सो सिरिज ३(२ ले जितेको थियो ।
प्रारम्भिक छनोटमा परेका खेलाडीहरू :