सन्दीप लामिछानेको पेसी बुधवार

Image

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पेशी बुधवारलाई तोकिएको छ ।

‘गौशाला २६’ ले २०७९ भदौमा दर्ता गरेको बलात्कारसम्बन्धी मुद्दामा दोषी ठहर भएका लामिछानेले फैसला उपर पुनरावलोकनका लागि उच्च अदालत पाटमा निवेदन दिएका थिए ।

फौजदारी अभियोग अन्तर्गत रहेको यो मुद्दामा सरकार पक्षले पनि फैसला उपर निवेदन दिएकाले आज तारिखका लागि बोलाइएको थियो ।

सन्दीपको जिल्ला अदालतले फैसला गर्दा गौशाला बालिग भएको ठहर गरेकाले सरकारी पक्ष पनि उनी नाबालिग नै दाबी गर्दै पुनरावलोकनका लागि पुगेको छ ।

आज सन्दीप पक्षले तारिख बुझेको र बुधबारलाई पेशी तोकिएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले नेप्लेजलाई जानकारी दिए । बुधवार विपक्षीलाई झिकाउने र त्यसपछि नियमित सुनवाइ गर्ने तयारी गरिएको छ ।

यो पनि : टी-२० क्रिकेट लिगमा स्‍पट फिक्सिङको आरोप लागेका सबै खेलाडीले पाए सफाइ

यो पनि : फिक्सिङकाे अभियाेग लागेका क्रिकेटर आदिलले पाए अदालतबाट सफाई