सागरले लिए अर्को विकेट

Image

काठमाडौँ। सागर ढकालले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।

उनले सातौँ ओभरको दोस्रो बलमा रोस अडायरलाई १७ रनमा लङअफमा पवन सर्राफबाट क्याच आउट गराए। रोसले २० बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए।

सागरले चौथो ओभरको पाँचौँ बलमा जेम्स म्याकोलमलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए। उनले १३ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए।

नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी

बेन्च : हेमन्त धामी, विकास आग्री, नारायण जोशी,अर्जुन घर्ती