काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले चौथो सफलता हात पारेको छ । केड कारमाइकल मात्र १ रन बनाएर रनआउट भएका हुन् ।टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८.३ ओभरमा ४ विकेटको क्षतिमा ६६ रन बनाएको छ ।
यस्तै सागर ढकालले नेपाललाई तेस्रो सफलता दिलाएका छन्। नवौँ ओभरको पहिलो बलमा उनले स्टीफन डोहेनीलाई बोल्ड गरेका हुन्। स्टीफनले ८ बलमा ४ रन बनाए।
त्यसअघि सागरले सातौँ ओभरको दोस्रो बलमा रोस अडायरलाई १७ रनमा लङअफमा पवन सर्राफबाट क्याच आउट गराए।रोसले २० बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए।
सागरले चौथो ओभरको पाँचौँ बलमा जेम्स म्याकोलमलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए। उनले १३ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए।
नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी
बेन्च : हेमन्त धामी, विकास आग्री, नारायण जोशी,अर्जुन घर्ती